neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Jan 9th, 2020

काठमाडौं, २४ पुस

बाँके,नेपालगंज उपमहानगरपालिका २ बाट राप्ती सोनारी गाउँपालिका ५ सिलरीया बस्ने २५ वर्षीय बुद्धिराम विश्वकर्मालाई ९ सय ९० ग्राम अवैध लागूऔषध चरेश सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बागेश्वरीमन्दिरको पूर्वतर्फको शौचालयभित्र प्लाष्टिकको पोकामा बाँधेर राखेको उक्त लागूऔषध बोकेरबसेको अवस्थामा फेला पारी भे.८ प ४४३७ नम्बरको मोटरसाइकल सहित बुद्धरामलाई प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थितपूर्वपश्चिम राजमार्गबाट चितवन राप्ती नगरपालिका २ गड्यौली बस्ने४१ वर्षीय कृष्ण बहादुर थापा मगरलाई करिब ५ किलोअवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीलेचितवनबाट बारातर्फ जाँदै गरेको प्रदेश नम्बर २ ०३००६ प २८८३ नम्बरको मोटरसाइकललाईजाँच गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित चालककृष्णबहादुरलाई पक्राउ गरेको हो ।

बारा,पर्सौनी गाउँपालिका २ नरकटुवाटोल जानेबाटोबाट करिब २ किलो लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उक्त बाटोको छेउमा बेवारिशेअवस्थामा सेतो बोराको झोलामा उक्त लागूऔषध बरामद गरेको हो ।
यस सम्बन्धमास्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।