neapl investment mega bank
  • गृहपृष्ठ
  • २४ वर्षदेखि फरार जबरजस्ती चोरी मुद्धाका प्रतिवादी पक्राउ

२४ वर्षदेखि फरार जबरजस्ती चोरी मुद्धाका प्रतिवादी पक्राउ

Jan 9th, 2020

बारा,२४ पुस

२४ वर्षदेखि फरार जबरजस्ती चोरी मुद्धाका फरार प्रतिवादी पचरौता नगरपालिका ९ बस्ने रामबाबु भन्ने ४४ वर्षीय बीर बिक्रम मुखिया बिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराको २०५४ जेठ ३० गतेको फैसलालेजवरजस्ती चोरी मुद्दामा १ वर्ष ७ महिना १५ दिन कैद ठहर भई फरार रहेका बिनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारीपक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पठाइएको उक्त प्रहरी कार्यालयले जनाएको छ ।