काठमाडौँ, २४ पुस
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। बुधबार राति साउदी अरेबियामा भएको पहिलो सेमिफाइनल खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
रियल मड्रिडका लागि टोनी क्रुस , इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका लागि डानिएल पारेजोले एक गोल फर्काए । खेलको १५औं मिनेटमा टोनी क्रुसले कर्नरबाट सिधै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । दोस्रो हाफमा लुका मोड्रिचले अर्को गोल थप्दै रियलको अग्रता फराकिलो बनाए ।
यसैगरी भ्यालेन्सियाले खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा एक गोल फर्कायो। भ्यालेन्सियाका लागि पारेजोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेका थिए। ।
अर्को सेमिफाइनलमा बिहीबार बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने छ । रियलले अब बिहीबार बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको विजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ।