रुपन्देही, पुस २३
आफ्नै ३० वर्षीया श्रीमती कान्छी सुवेदी (कुमाल) लाई धारिलो हतियार ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका १ बस्ने सोही गाउँपालिका ३ सितापुर घर भएका ३० वर्षीय सनी कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण उनले आफ्नै श्रीमतीलाई ह्याम्मर प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ेल खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।