neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Jan 8th, 2020

काठमाडौं, पुस २३

काठमाडौं महानगरपालिका १५ डल्लु पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बालकोट बस्ने दाङ घोराही उपमहानगरपालिका ४ घर भएका २१ वर्षीय रबिन घर्तीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी बा.९७ प ३१९३ नम्बरको मोटरसाइकल चलाएको अवस्थामा फेला पारी घर्तीलाई कारवाही गर्ने क्रममा प्रहरीलाई उक्त नगद दिन खोजेपश्चात उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।