neapl investment mega bank

श्रोत नखुलेको रकम सहित पक्राउ

Jan 8th, 2020

पर्सा, पुस २३

वीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट श्रोत नखुलेको ४ लाख ४५ हजार नेपाली रुपैयाँ सहित भारत बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने बर्ष ४९ वर्षीय राजु कुमार श्रीवास्तवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बिआर ०१ सिके ९७९६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार श्रीवास्तवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।