बझाङ, पुस २२
जयपृथ्वी नगरपालिका १ स्थित कैलाश पिमी गाउँको छेउमा रहेको जंगलको बाटोबाट भरुवा बन्दुक १ थान, बारुदको डिब्बा १ थान, फलाम तथा शिशाको टुक्रा ५ थान र फलाम काट्ने कैची १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले झोला फाली फरार भएपश्चात प्रहरीले झोला जाँच गर्दा उक्त हातहतियार फेला पारेको हो । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।