neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

Jan 7th, 2020

काठमाडौं, पुस २२

काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्याधएर ल्याई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।