neapl investment mega bank
  • गृहपृष्ठ
  • लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Jan 7th, 2020

पर्सा, २२ पुस

जिल्ला अदालत पर्साको २०७४ भदौ २३ गतेको फैसलाले लागूऔषध मुद्दामा ९ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका जगरनाथपुर गाउँपालिका ६ बस्ने २८ वर्षीय सुजित यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको उक्त कार्यालयले जनाएको छ ।