neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि विकास बैंकका लुटेरा समातिय, फरार भएका दीपक नेपाल यसरी परे प्रहरीको चंगुलमा

कृषि विकास बैंकका लुटेरा समातिय, फरार भएका दीपक नेपाल यसरी परे प्रहरीको चंगुलमा

Jan 5th, 2020

काठमाडौँ, २० पुस

कृषि विकास बैंक लुटेर फरार भएका दीपक नेपाल प्रहरीको चंगुलमा परेका छन् ।

उनी कृषि विकास बैंकको सुरक्षाप्रणाली ह्याक गरी १ करोड रुपैयाँभन्दा बढी रकम लुटेर फरार भएका थिए ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुस १८ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार ४३ वर्षीय नेपाललाई नेपाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ ।

मोरङको रंगेली नगरपालिका २ स्थायी बसोबास भएका मोरंगको रंगेली नगरपालिका–२ बस्ने नेपालले नाइजेरियन र भारतीयसँग मिलेर बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब बढी रुपैयाँ लुटपाट गर्ने योजना बनाएको खुलेको थियो ।

उनले दर्जन बढी नेपाली तथा विदेशी नागरिक नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंकको सुरक्षा प्रणाली ह्याक गरेका थिए ।