काठमाडौं, पुस १९
जिल्ला अदालत काठमाडौंको फेसलाले लागूऔषध मुद्दामा १ वर्ष ५ महिना सजाय ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका २० बस्ने ३८ वर्षीय साईन्टिस्ट भन्ने नरेश गणेश श्रेष्ठलाई बिहिबार प्रहरीले पक्राउ गरको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं न्यूरोडमा फेला पारी उनलाई पक्राउ गरेको हो । श्रेष्ठलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
यसैगरी ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी धादिङ त्रिर्पुरासुन्दरी गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका १६ नयाबजार बस्ने २७ वर्षीय राते भन्ने सुजन श्रेष्ठलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । २०७५ चैत १८ गते काठमाडौं महानगरपालिका २६ ठमेलस्थित एलओडी क्लब अगाडी एक व्यक्तिलाई रडले टाउकोमा प्रहार गरी फरार रहेका उनलाई महानगरीय अपराध माहाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सुजनलाई आवश्यक अनुसन्धानका लागि महानागरीय प्रहरी वृत्त लैनचौर पठाइएको उक्त महाशाखाले जनाएको छ ।