रौतहट, पुस १८
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा गुजरा नगरपालिका ५ हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
साहले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिनगराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।