neapl investment mega bank

पेस्तोल र गोली सहित दुुई जना पक्राउ

Jan 3rd, 2020

सुनसरी, पुस १८

ईटहरी उपमहानगरपालिका ८ कदमा टोलबाट पेस्तोल १ थान र गोली पाँच राउण्ड सहित दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बस्ने ३३ वर्षीय जागिर खान र सुनसरी हरीनगरा गाउँपालिका ७ बस्ने ४७ वर्षीय जमिल अंसारी रहेका छन् ।

उक्त स्थानमा अवैध हातहतियार ओसार पोसार तथा कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा जागिर खानको साथबाट उक्त हतियार फेला पारी दुवैजनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।