काठमाडौ, पुुस १८
नक्कली कागजात बनाई सवारी चालक अनुुमती पत्रको लागि परिक्षा दिनेहरु पक्राउ परेकाछन । काठमाडौ उपत्यकास्थित विभिन्न यातायात व्यबस्था कार्यालयबाट जारी गरिने सवारी चालक अनुमति पत्रको लागि लिईने प्रयोगात्मक परिक्षाहरूमा नक्कली प्रशिक्षार्थीहरूले परिक्षादिने गरेको भन्ने बिशेष सूचनाका आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले अन्दाजी १६ बजेको समयमा यातायात व्यबस्था कार्यालय सुकेधाराद्धारा संचालित स.चा.अ.प.को प्रयोगात्मक परिक्षा लिने स्थान जिल्ला काठमाण्डौ नेपाल ड्राईभिङ सेन्टरसुकेधारामा नक्कली नेपाली नागरिकता बनाई फरक व्यक्तिहरुले ट्रायल परिक्षा दिदै गरेको अवस्थामा दुुई व्यक्तिहरु पक्राउ परेका हुुन ।
महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर सुकौरा घर भई हाल जिल्ला काठमाण्डौ गोर्कर्णश्वर न.पा. वडा नं. २ बस्ने मान बहादुर ब्लोन र ललितपुरमहानगरपालिका वडा नं. १५ सातदोबाटो घर भै हाल जिल्ला काठमाण्डौ गोर्कर्णश्वर बस्ने सरोज शाही रहेकाछन । उनीहरुको साथबाट अर्काको फोटो टाँसी प्रयोग गरीएको नेपालि नागरिकता थान दुुई थान, यातायात व्यवस्था कार्यालयबाट परिक्षा दिन दिइएको प्रवेश कार्ड आदि बरामद गरिएको छ ।