neapl investment mega bank
  • गृहपृष्ठ
  • बेरुजु फर्छ्यौौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

बेरुजु फर्छ्यौौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

Jan 2nd, 2020

काठमाडौं, १७ पुस
गृह मन्त्रालय र अन्तर्गतकानिकायहरुमध्ये बेरुजु फर्छ्यौमट मापनको वर्गीकरणमा आ।व। २०७४/०७५सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्यौाट गराई बेरुजु फर्छ्यौौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आ।व। २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्यौाट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार बेरुजु फर्छ्यौफटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।

आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौलट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ । बेरुजु फर्छ्यौकटमापनको वर्गीकरणमा गत आ।व। मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिलगर्न सफल भएको थियो ।