neapl investment mega bank
  • गृहपृष्ठ
  • नाडा प्रतिनिधि मण्डल र राजश्व अनुसन्धान विभागका महानिर्देशक विच छलफल

नाडा प्रतिनिधि मण्डल र राजश्व अनुसन्धान विभागका महानिर्देशक विच छलफल

Jan 2nd, 2020

काठमाडौ, पुुस १७

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदसिय नाडा प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसंग भेटी सरकारले व्यावसायिकक्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको भेहिकल कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) को कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ ।

यही पौष १६ गते नाडा प्रतिनिधि मण्डलले मुलतः अटोमोवाइल व्यवसायीहरुमा भिसिटिएसका बारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा महानिर्देशकसंग छलफल गरेको थियो । सो छलफलका क्रममा महानिर्देशक मैनालीले यो भिसिटिएस व्यवसायीहरु कै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताउनु भयो ।

उहाँले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भए पछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरु कै सहजताको लागि अशोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको थियो, भन्नु भयो । सोहि छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भिसिटिएस बारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे भएकोले त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट तत्सम्बन्धी विज्ञको अपेक्षा गरेको बताउनु भयो । सोही छलफलको अन्तमा महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई अवगत गराउनु भएको थियो ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो । नाडाको इतिहासमा राजश्व अनुसन्धान विभागसंग यसरी औपचारिक रुपमा छलफल गरिएको पहिलो भएको समेत नाडाले जनाएको छ ।