neapl investment mega bank
  • गृहपृष्ठ
  • पेन्टागनले मध्यपूर्वमा थप सैनिक पठाउने

पेन्टागनले मध्यपूर्वमा थप सैनिक पठाउने

Jan 2nd, 2020

बेइजिङ, १६ पुस (रासस/सिन्ह्वा)

अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै थप सैनिक पठाउने तयारी गरेको रक्षा अधिकारीहरूले बताएका छन् ।

इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए ।

यसैलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकालाई थप सैनिकहरू पठाउन प्रेरित गरेको छ ।

“करीव ७५० अमेरिकी सिपाहीहरू यस क्षेत्रमा तुरुन्तै तैनाथ हुनेछन् र आकस्मिक रक्षा बल (आईआरएफ) बाट थप सेनाहरू आगामी केही दिनमा तैनाद गर्न अमेरिका तयार छ,” रक्षा सचिव मार्क एस्पेरले भन्नुभयो ।

“यो तैनादी संयुक्त राज्यका कर्मचारी र सुविधा बिरूद्ध खतरनाक स्तरको प्रतिक्रियामा लिइएको उचित र सावधानीपूर्ण कार्य हो, जस्तो कि आज हामीले बग्दादमा देख्यौं,” एस्परले थप्नुभयो ।

हशद शाबी समूहका लडाकूको नेतृत्वमा धेरै प्रदर्शनकारीहरूले दूतावास बाहिर अमेरिकाको हवाई हमलाको निन्दा गर्दै मङ्गलबार नारा लगाएका थिए । त्यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो जब प्रदर्शनकारीहरूले गार्ड टावर र दूतावासको बाहिरी ढोका जलाएका थिए ।

अघिल्लो साता अमेरिकी सेनाको शिविरमा हिर्काएपछि एक अमेरिकी ठेकेदारको मृत्युभएको थियो भने केही अन्य व्यक्ति घाइते भएका थिए । यसलाई संयुक्त राज्य अमेरिकाले लामो समयदेखि आफ्नो दुश्मन इरानले समर्थन गरेको मिलिशियाको सम्लग्नता रहेको भन्दै यसको उचित जवाफ दिने बताएको थियो ।

इराकको शिया नेतृत्वमा अर्ध सैनिक कताइब हिज्बुल्लाहद्वारा गठित इराकी हशद शाबीको एक समूहले ड्रोनले सिरिया–इराक सिमा नजिकको अमेरिकी सैनिक शिविरहरूमा बम विष्फोट गर्दा आफ्ना २५ समर्थकको मृत्यु भएकोे र ५१ घाइते भएका बताएको थियो ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीटमार्फत् जारी सन्देशमा भन्नुभयो, “अहिले इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गर्न पुगेको छ । उनीहरू नै यसका लागि पूर्णरूपमा जिम्मेवार हुनुपर्नेछ ।”

इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।