काठमाडौं, १७ पुस
देशमा सञ्चालनमा रहेका अधिकांश बैक तथा वित्तीय सस्थाले विदेशी बैैक तथा वित्तीय सस्थाबाट परिवत्र्य मुद्रामा ऋण ल्याउन सकेका छैनन् । विदेशी मुद्रामा ऋण ल्याउने बाटो खुला भएको डेढ वर्षमा जम्मा २ वित्तीय सस्थाले ३ अर्ब १७ करोड रुपैयाँ लिएका छन् ।
अधिकांश बैंक तथा वित्तीय सस्थालाई विदेशी बैंकले पत्याएका छैनन् । जसका कारण नै उनिहरुले ऋण ल्याउन नसकेका हुन् ।
एनएमबी बैंकले ४ करोड अमेरिकी डलर ऋण ल्याउने अनुमति पाएकोमा ३ करोड १५ लाख डलर ऋण ल्याइसकेको छ भने अन्य अहिले प्रक्रिया अघि बढाइरहेको छ । उत्थान बैंकलाई करिब दुई पटक गरी १ करोड ६ लाख ६ हजार अमेरिकी डलर ऋण ल्याउन अनुमति दिएको थियो । त्यसमध्ये निर्धनले ८१ हजार ८ सय ५ डलर ऋण ल्याइसकेको छ । जबकी राष्ट्र बैंकले हालसम्म पाँच वित्तीय संस्थालाई ९ करोड १६ लाख अमेरिकी डलर विदेशी ऋण ल्याउन अनुमति दिइसकेको छ ।
राष्ट्र बैंकले आरएमडीसीलाई १ करोड डलर, मानुषी लघुवित्तलाई १ करोड १० लाख जापानी येन र ग्लोबल आईएमबी बैंकलाई २ करोड अमेरिकी डलर बराबर ऋण ल्याउन अनुमति दिएको छ । तर यि सस्थाले ऋण ल्याउन भने सकेका छैनन् ।
बजारमा लगानीयोग्य रकम अभाव भएपछि स्रोत व्यवस्थापनको विकल्पमा राष्ट्र बैंकले ०७४ चैतमा बैंक तथा वित्तीय संस्थालाई विदेशबाट परिर्वत्य विदेशी मुद्रामा ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो । सुरुमा संस्थाको प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण लिन पाउने व्यवस्था थियो । पटकपटक सीमा बढाएर हाल प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । विभिन्न छुट दिदा पनि विदेशी सस्थाबाट ऋण भने आउन सकेको छैन ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोर क्यापिटल बराबर विदेशबाट ऋण ल्याउन अनुमति दिएको छ । हाल लघुवित्तसहित बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी करिब सवा ६ खर्ब छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाले विदेशबाट सवा ५ खर्ब रुपैयाँ ऋण लिन सक्छन् । तर विदेशी बैंक तथा वित्तीय सस्थाले विश्वास गर्न नसकेका कारण अत्यन्त न्युन मात्रामा मात्रै विदेशी ऋण आएको छ ।
सुरुमा संस्थाको प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण लिन पाउने व्यवस्था थियो । पटकपटक सीमा बढाएर हाल प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । विभिन्न छुट दिदा पनि विदेशी सस्थाबाट ऋण भने आउन सकेको छैन ।