neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा सुरु

सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा सुरु

Jan 1st, 2020

काठमाडौ, पुस १६

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका – ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्तरmपमा एक समारोहकाविच बर्दिबास, पाटुमा शाखारहित बैंकिङ्गका प्रतिनिधी गंगाबहादुर कार्कीलाई ट्याव मेसिन हस्तान्तरण गरेका हुुन ।

उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।