neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्मचारी नभएर विकास निर्माण रोकिएकोमा सांसदको आपत्ति, बैठकमा पोखे असन्तुष्टि

कर्मचारी नभएर विकास निर्माण रोकिएकोमा सांसदको आपत्ति, बैठकमा पोखे असन्तुष्टि

Jan 1st, 2020

काठमाडौं ,१६ पुष

कर्मचारी अभावमा विकास निर्माण रोकिएको भन्दै सांसदले असन्तुष्टी जनाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै सरकारको आलोचना गरेका थिए ।

साथै सांसदह?ले तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण समेत गराएका छन । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्ललामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको वताए ।

उनले कर्मचारीको अभावमा ग्रामीण क्षेत्रका विकास निर्माण ठप्प भएको र तत्काल कर्मचारी पठाउन सरकारलाई आग्रह गरे । यसैगरी नेकपाका युटोल तामाङ सीमान्तकृत समुदायको राज्यका निकायमा प्रतिनिधित्वका लागि गरिएको आरक्षणको व्यवस्था संविधानमै लेखिएको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन नसकेको दावी गरे । उनले वर्तमान सरकारले पनि समावेशितालाई स्वीकार गर्न कञ्जुस्याइँ गरेको आरोप लगाए ।

त्यस्तै बैठकको शून्य समयमा नेकपाका उदया शर्मा पौडेल स्थानीय तहको लेखा प्रणालीलाई व्यवस्थित बनाउन तयार गरिएको अनलाइन प्रणाली ह्याकरको कब्जामा परेको तथा नक्कली एटिएम बनाई करोडौँ रुपैयाँ चोरी भएको अवस्थामा यससम्बन्धी प्रविधिलाई भरपर्दो र विश्वासिलो बनाउन सरकारको ध्यानाकर्षण गराए ।