neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छः नेता कँडेल

राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छः नेता कँडेल

Jan 1st, 2020

जनकपुरधाम, १६ पुस (रासस)

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाउनुभएको छ ।

नेपाली काङ्ग्रेस धनुषा कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले सभामुख चयनको नाममा सत्तापक्षले प्रतिनिधिसभालाई स्वेच्छाचारी बनाएको आरोप लगाउनुभयो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कँडेलले सभामुख चयनको आवरणमा सूचना टाँस गरी सदन सञ्चालन नहुनुले राष्ट्रलाई नोक्सान पु¥याइरहेको प्रसङ्ग उल्लेख गर्दै विधेयकलाई सदनमा प्रस्तुत हुन नदिने अवस्थाले जटिलता थपिँदै गएको बताउनुभयो ।

उहाँले सरकारमा रहेसम्म मधेशको माग बिर्सिने र सरकारबाट बाहिरिएपछि क्रान्तिकारी कुरा गर्ने मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुनु आवश्यक छ भन्नुभयो । मधेशवादी दलका नेतामा सत्ता मोहका कारण सत्तामा जाने होडबाजी देखिएको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य कँडेलले बहुमतको निर्णयलाई स्वीकार नगर्ने अल्पमतको असन्तुष्टिले नेपाली काङ्ग्रेसमा विवाद देखिएको छ भन्नुभयो ।

अल्पमत पक्षलाई पटकपटक सहमतिमा ल्याउने प्रयास गरिए पनि पार्टीलाई नै अनिर्णयको बन्दी बनाएको अवस्थाबाट निकासका लागि पार्टीले बहुमतबाट महाधिवेशन सन्दर्भका निर्णय गरेको उहाँले स्पष्ट गर्नुभयो ।