neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Jan 1st, 2020

सुनसरी, १६ पुस

धरान उपमहानगरपालिका १६ डेरा गरी बस्ने पोखरा महानगरपालिका ६ घर भएका २८ वर्षीय बिश्वास गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान डेरा गरी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले धारिलो हतियार प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते गुरुङको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।