neapl investment mega bank
  • गृहपृष्ठ
  • सन् २०१९ मा नेपाली पत्रकारिता सुखद नरेको महासंघको ठहर

सन् २०१९ मा नेपाली पत्रकारिता सुखद नरेको महासंघको ठहर

Dec 31st, 2019

काठमाडौ, पुुस १५

सन् २०१९ नेपाली पत्रकारिता क्षेत्रका लागि सुखद् नरहेको ठहर नेपाल पत्रकार महासंघले गरेको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाईमा अभिलेख भएअनुसार सन् २०१९ मा प्रेस स्वतन्त्रता हनन्का ५० वटा घटना भएका छन् । जसमा ७६ जना पत्रकार र एक सञ्चार संस्था पीडित भएका छन् । यो अवधिमै मकवानपुरका पत्रकार मनोहर ढकाललको हत्या भएको अनुगमन इकाईमा अभिलेख छ । अभिलेखअनुसार पत्रकार आक्रमणका १५ वटा घटनामा १७ जना पत्रकार तथा एक सञ्चारसंस्था पीडित भएका छन् भने ११ जना पत्रकारमाथि दुव्र्यवहार भयो । १० वटा धम्कीका घटना भए भने ७ जना पत्रकारलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । यस्तै अल्पकालिन पत्रकार पक्राउका ३ वटा घटना भएकामा १९ जना पत्रकार पीडित भए भने पत्रकारको पेशागत असुरक्षाको १, पेशावाट विस्थापन १ र समाचार संकलनमा अवरोधको १ वटा घटना भएको छ ।

सन् २०१८ मा प्रेस स्वतन्त्रता हनन्का ५८ वटा घटनाहरु भएका थिए । तुलनात्मक रूपमा पनि यो वर्ष प्रेसका लागि चुनौतीपूर्ण रह्यो । यो वर्ष स्वतन्त्रता हनन्का घटनाहरुमा कमि आएको भएता पनि प्रेस स्वतन्त्रता उपभोगको दृष्टिले सुखद् रहेन । राजनीतिक परिवर्तन पश्चात राज्य र गैरराज्य पक्षका व्यक्तिहरुबाट पत्रकार पीडित भएका छन् । पत्रकारले निर्वाध र स्वतन्त्ररूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनेन । समाचारको स्रोतसँग सम्पर्क रहेको आधारमा पत्रकारलाई पक्राउ गरी मुद्दा चलाउनुले प्रवृत्ति बढ्यो । पत्रकारमाथि घटेका यी घटनाले सरकार प्रेसप्रति कति उदार छ भन्ने स्पष्ट पारेको छ ।

यसबीचमा राज्यका तीनै तहको सरकारबाट कानुन बनाउने काम भएसँगै प्रेस स्वतन्त्रतालई संकुचन पर्ने कानून बन्ने शंका बढेको छ । कतिपय प्रदेश सरकारले बनाएका मिडिया सम्बन्धी कानूनहरु प्रेस स्वतन्त्रतालाई संकुचन गर्नेगरी बनेका कारण महासंघले दिएको सुझाए पश्चात संशोधनका क्रममा रहेका छन् । महासंघ राज्यका तीनै तहबाट बन्ने कानूनहरु मिडियामैत्री बनाउन माग गर्दछ ।

साथै, महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने यस्ता सबैखाले घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नहरुमाथि कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले माग समेत गरेको छ ।

सोत : नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन ईकाई