काठमाण्डौ, पुस १५
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुन सहित १ जना भारतीय नागरिकलाई मंगलबार विहान पक्राउ गरेको छ । फ्लाई दुुबई एयरलाईन्सबाट दुवई हुदै नेपाल आउने क्रममा विमानस्थलमा चेकजाँच गर्दा भारतीय नागरिक महाराष्ट्र, उमाशंकर थानी बस्ने हरिराम सुनिल लाई आधा किलो सुन सहित विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।