neapl investment mega bank

राष्ट्रपतिद्वारा हुलाक टिकटमा टाँचा

Dec 30th, 2019

काठमाडौँ, १४ (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाउनुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले टाँचा लगाउनुभएको हो ।

नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानमा अतुलनीय योगदान पु¥याउने अन्तरराष्ट्रिय व्यक्तित्वको चर्चा गर्दा अग्रपङ्क्तिमा आउने नाम हो टोनी हेगन । सन् १९१७ अगस्ट १७ मा स्वीट्जरल्याण्डको लुसर्नमा जन्मिनुभएका हेगनले इञ्जिनीयरिङ तथा जियोलोजीमा स्वीस फेडेरल इन्स्टिच्युटबाट डिप्लोमा लिनुभएको थियो भने ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा अनुसन्धान सहायकको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।

हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली र व्यवस्थापन कार्यालयका अध्यक्ष शङ्कर श्रेष्ठले टोनी हेगनले नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

सन् १९५० मा प्रथमपटक स्वीस सहायता कार्यक्रमको सिलसिलामा नेपाल आउनुभएका टोनी हेगन काठमाडाँै बाहिर खोज तथा अनुसन्धान गर्न अनुमति पाउने सम्भवतः पहिलो विदेशी नागरिक हुनुहुन्थ्यो । सन् १९५९ मा युएनअन्तर्गत सर्भे विभाग तथा सन् १९६१ मा इन्टरनेशनल रेडक्रसको चिफ डेलिगेटको जिम्मेवारी पनि पूरा गर्नुभएका हेगन जीवनका पछिल्ला दशकमा पनि युएनका विभिन्न कार्यक्रममा सक्रिय हुनुहुन्थ्यो ।

नेपालको कुनाकाप्चा गर्दै करिब १४ हजार किमीभन्दा धेरै यात्रा गर्नुभएका हेगनले नेपालको यात्राअन्तर्गत उल्लेख्य अध्ययन तथा अनुसन्धान गर्नुभएको थियो ।