काठमाडौ, पुस १२
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकमा शुक्रवारका दिन छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि एक दसमलव ६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको दुुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेको छ ।