काठमाडौ, पुुस ११
लिवर्टी इनर्जी कम्पनी लिमिटेडको को दशांै वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही पुुस ११ गते शुुक्रबार कम्पनीका अध्यक्ष कुश कुमार जोशीको सभापतित्वमा बार्षिक साधारण सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु परित गरेको छ । यस कम्पनीको कुल जारी पूँजी १,५०,००,००,०००/- मध्ये १,१२,५०,००,०००/- संस्थापक शेयर चुक्ता भई सकेको छ र बाँकी ३७,५०,००,०००/- बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्व–साधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईविएल एस क्यापिटल लि. सँग सम्झौता भई धितोपत्र बोर्डबाट अन्तिम स्विकृतीको लागि सम्पूर्ण कागजातहरु पेश गरिएको छ ।
हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु लमजुङ जिल्लामा माथिल्लो दोर्दी “ए” र लोदो खोला साना जलविद्युत आयोजना र बाग्लुङ जिल्लामा बडिगाढ खोला जलविद्युत आयोजना अघि बढाएको छ । उक्त आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको हालसम्म करिब ९५% निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति २०७६ भाद्र १४ रहेतापनि गत २०७६ श्रावण ८ गते दोर्दी खोलामा आएको भीषण बाढीले गर्दा आयोजनामा क्षति पु¥याई निर्माण कार्यमा केही ढिला हुने भएकोले रिकोड मिति गत २०७६ चैत्र ३० गते रहने गरी संशोधन गरिएको र उक्त मिति अगाडी नै आयोजना सम्पन्न गर्ने गरी द्रुत गतिमा निर्माण कार्य भईरहेको जानकारी प्रवन्ध संचालक डा. आत्माराम घिमिरेले साधारण सभामा गराउनुभयो ।
साथै कम्पनीद्धारा सर्भेक्षण अनुमति पत्र प्राप्त २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईईको टिओआर समेत स्विकृत भई अन्तिम स्विकृतीको प्रक्रियामा रहेको र १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईई रिपोर्ट पेश भएको र नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट सम्पन्न भई पिपिए हुने चरणमा रहेका छन् ।
कम्पनीका शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभा सम्पूर्ण शेयर धनीहरुको जिज्ञासाको जवाफ दिँदै सौहार्दपूर्ण रुपमा उल्लासपूर्वक सम्पन्न भएको थियो ।