neapl investment mega bank
  • गृहपृष्ठ
  • मुआब्जा विवादः अरुण तेस्रोको प्रवेश मार्ग बन्द

मुआब्जा विवादः अरुण तेस्रोको प्रवेश मार्ग बन्द

Dec 27th, 2019

खाँदबारी, ११ पुस (रासस)

अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ । छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन । स्थानीयवासीले प्रवेश मार्ग आजदेखि अनिश्चितकालीन बन्द गरिदिएका छन् ।

छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा पाएका छैनन । काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि उचित मुआब्जा नपाएको उनीहरुले जनाएका छन् ।

पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताउनुभयो । स्थानीय बासिन्दा, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद मिलाउने तयारी भइरहेको लगानी बोर्डले जनाएको छ । पावर हाउसमा आउने बाँधको पानीलाई दुई वटा सुरुङमा बाँडेर स्टिल पाइपमार्फत पानी प्रवाह गरेर २२५–२२५ मेगावाट क्षमताको चार वटा टर्वाइन घुमाएर ९०० मेगावाट विद्युत् उत्पादन हुने छ ।