काभ्रे, पुस १०
धुलिखेल नगरपालिका ६ स्थित धुलिखेलअस्पतालको नर्सिङ होस्टेल पछाडीबाट अपरिचित व्यक्तिहरुले डलर साट्ने बहानामा रुकुम मुसिकोट नगरपालिका २ खलङगा बस्ने ३० वर्षीयपुरूषको साथबाट नगद १५ लाख रुपैयाँ बुधबार दिउँसो ठगी गरी फरार भएका छन् ।
हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित २ जना व्यक्तिहरुले डलर साट्ने बहानामा उनको साथबाट उक्त नगद लिई फरार भएको बताइएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।