neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Dec 26th, 2019

सुनसरी, पुस १०

आफ्नै श्रीमती ३६ वर्षीया रमिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ सहिद मार्ग बस्ने ४३ वर्षीय काजिमान राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण काजिमानले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकीरमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।