काठमाडौं पुष १०
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पूर्न्निर्माणको क्षेत्रमा औसत ८३ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरण ४ वर्ष पूरा गरी १२ पुसबाट पाचौं वर्षमा प्रवेश गर्दैछ । यस अवधीमा विभिन्न ६ वटा क्षेत्रमा सो प्रगाति गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विहिबार एक कार्यक्रमको आयोजना गरी शून्यबाट पुनर्निमाण थालेको भए पनि अहिले गौरव गर्नलायक प्रगति हासिल गरेको जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनको पुनर्निर्माण प्राधिकरणबाट भइरहेको जानकारी दिए ।
पूर्न्निर्माणका बाँकी काम पूरा गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको प्राधिकरणले जनाएको छ । पूर्न्निर्माणको लागि गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भैसकेको छ ।
यस ४ वर्षको अवधीमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको छ । यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८२ हजार ३ सय २३ घर बनिसकेको प्राधिकरणले जनाएको छ । यसकममा १ लाख ८९ हजार घर बनिरहेका छन् । यस अवधिमा २ खर्ब ९३ रुपैयाँ खर्च भइसकेको छ ।