धनुषा, पुस १०
जनकपुर उपमहानगरपालिका २१ कुर्था बस्ने ४० वर्षीया रानी देवी पंजियारलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै जेठाजु नाता पर्ने श्रीप्रसाद पंजियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मिथिला नगरपालिका ९ बडहरी रेडक्रस पछाडी आँपको बगैचामा श्रीप्रसादले ती महिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानी देवी पंजियारको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।