neapl investment mega bank
  • गृहपृष्ठ
  • अफगानिस्तानको निर्वाचनको प्रारम्भिक परिणाम राष्ट्रपतिद्धारा स्वीकार

अफगानिस्तानको निर्वाचनको प्रारम्भिक परिणाम राष्ट्रपतिद्धारा स्वीकार

Dec 23rd, 2019

काबुल,७ पुस (रासस/सिन्ह्व)

अफगानिस्तानका राष्ट्रपति असरफ गनीले अफगानिस्तानमा हालै भएको निर्वाचनको प्रारम्भिक परिणाम स्वीकार गर्नुभएको बताइएको छ । यहाँ हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको आइतबार सार्वजनिक भएको प्रारम्भिक परिणाम राष्ट्रपति असरफ गनीले स्वागत गर्नुभएको समाचारमा जनाइएको छ ।

जनाइएअनुसार आइतबार सार्वजनिक भएको उक्त निर्वाचनको प्रारम्भिक परिणामलाई उहाँले निष्पक्ष भन्नुभएको छ । साथै उहाँले सो निर्वाचनका लागि अफगानिस्तानको निर्वाचन आयोगलाई धन्यवाद पनि दिनुभएको काबुलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

सन् २००१ मा अफगानिस्तानबाट तालिबानको शासन हटेपछि भएको चौथो पटक राष्ट्रपतिको निर्वाचन गत सेप्टेम्बर २८ मा भएको थियो । निर्वाचनमा अफगानिस्तानका हालका राष्ट्रपतिले ५०.६४ मत प्राप्त गर्नुभएको छ भने अर्को प्रत्याशी अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

तर सो निर्वाचनको प्रारम्भिक परिणाम भने झण्डै तीन महिनापछि आइतबार सार्वजनिक भएको बताइएको छ । यो निर्वाचन परिणामले अफगानिस्तानलाई दुविधाबाट राजनीतिक सहजतातर्फ लगेको प्रतिक्रिया राष्ट्रपति गनीले दिनुभएको समाचारमा जनाइएको छ ।