काठमाडौं, ६ पुस
वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौं तारकेश्वर नगरपालिका ६ बस्ने ४५ वर्षीय चल बहादुर घलेलाई नेपालटार काठमाडौबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस २४ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उल्लेखित सजाय वेरुजु रही फरार रहेका घलेलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको हो ।
२०६८ जेठ १३ गते कसुरदार घलेले पीडितलाई बैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाईदिन्छु भनी प्रलोभनमा पारी ७ लाख रुपैंया लिई सम्पर्क बिहिन भएर बसेका थिए ।
घलेलाई काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय सुन्धारा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।