neapl investment mega bank

छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

Dec 22nd, 2019

काठमाडौं, ६ पुस

अवैध लागूऔषध कोकिन ६ केजी सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बेलारुस नागरिकहरु राहदानी नम्बर एबि २७१२०६० नम्बर बाहक २१ वर्षीय
पाभेल भेसिलयु र राहदानी नम्बर केएच २४६४४२६ नम्बर बाहक २१ वर्षीया
एलिना एल्डोसाइना , बोलिभियन नागरिकहरु राहदानी नम्बर सिई ३८६०६ बाहक ४८ वर्षीय
रोवर्टो कार्लोस मेरुविया मेरिइस र राहदानी नम्बर सिई ३८४५६ बाहक ५५ वर्षीय
राउल जम्ब्राना ओर्डोनेज रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा क्याथे ड्रईगनको फ्लाईटद्वारा हङकङ जान लागेका बेलारुस नागरिकहरु भेसिलयु र एल्डोसाइना को सुटकेशमा फल्स बटम बनाई लुकाई राखेको अवस्था उक्त लागूऔषध सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सोधपुछ गर्ने क्रममा उक्त लागूऔषध कोकिन लाजिम्पाटस्थित होटल लस्ट गार्डेनको कोठा नम्बर ३०४ बसेका बोलिभियन नागरिकहरु मेरुविया र ओर्डोनेज दिएको खुल्न आए पश्चात उनीहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरु ४ जना उपर लागूऔषध मुद्धामा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका २ स्थित नागढुंगाबाट अवैध लागूऔषध सहित प्रहरीले २ जनालाई आइतबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ छोक गाउँपालिका ६ बस्ने ७० वर्षीय झमक बहादुर कार्की र चितवन कालिका नगरपालिका ४ बस्ने २३ वर्षीय राम सुनार रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा कार्कीको साथबाट लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा ३ किलो ४५ ग्राम र सुनारको साथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्यावलेट र स्टारगन २० ट्यावलेट फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।