काठमाडौ, पुुस २
अहिलेका बैंक पहिलेका साहु र महाजन भन्दा फरक छैनन् । विश्वास लागेन ? नाफा कमाउने होडमा एनआइसी एशिया बैंकले काठमाडौंको स्युचाटारका नरेशमान सिंहको घरखेत नै आफुखुसी लिलामी गरेको छ । जसले नै बैंक पहिलेका साहु महाजन भन्दा फरक नभएको प्रष्ट पारेको छ ।
बैंकले कर्जा दिदा ऋणीले तिरेन भने भोलिका दिनमा धितो लिलामी गरेर नै ऋण उठाउला भनेर धितो राख्ने हुन् । अर्थात बैंकले दिने कर्जा भन्दा धितोको वास्तवीक मूल्य धेरै माथि हुन्छ ।
एनआइसी एशियाको बानेश्वर साखाले गत वर्षको मंसिरमा सिंहलाई १ करोड ३० लाख ऋण प्रदान गरेको थियो । जतिबेला भ्यालुएटरले उनको घरको मूल्यांकन १ करोड ४९ लाख गरेको थियो ।
तर गत साउनमा बैंकले सिंहको घर ७६ लाखमा आफुखुसी लिलामी गरेको छ । एक वर्ष नपुगि कुनै पनि बस्तुको मूल्य घट्दैन । तर बैंकले भने उक्त घरको मूल्य ६ महिनामै झन्डै आधा घटाएको छ । आफुखुसी भ्यालुएटर नियुक्त गर्दै बैंकको व्यवस्थापन समुहले उनको घर लिलामी गरेको छ ।
बैंकले सिंहलाई १५ वर्षका लागि ऋण दिएको थियो । तर उनको घरजग्गा भने बैंकले ऋण लिएको ६ महिना बित्दै लिलामी प्रक्रिया अघि बढाएको छ ।
स्रोत भन्छ ‘ बैंकको अचाक्लीको यो नमुना मात्रै हो, आफुखुसी लिलामी गर्ने र ऋणीलाई दवाव दिनेबाट कैयन ऋणी वाक्क भएका छन् । ’
गत वर्ष मंसिर १५ मा ऋण निकालेका सिंहले पुस र माघको किस्ता फागुनमा तिरेका थिए ।तर बैंकले भने समयमै किस्ता नतिरेको भनेर बैंकले उनलाई फागुनमै नियमित किस्ता बुझाउन ३५ दिने सूचना जारी गर्यो ।
फागुनको किस्ता तिर्न नसकेपछि बैंकले चैतमै सिंहको घर लिलामी प्रक्रिया अघि बढाइदियो । १५ वर्षका लागि दिएको ऋणको एक महिनाको किस्ता तिर्न नसकेकै कारण बैंकले ऋण दिएको चौथो महिनामै लिलामी प्रक्रिया सुरु गरेर गत साउनमा सिंहको घर ७६ लाख रुपैयाँमा बेचिदिएको हो ।
बैंकले कायम गरेको मूल्य सरकारी मूल्यभन्दा पनि कम भएकाले मालपोत कार्यालयले कलिलामी प्रक्रियाबाट घरजग्गा किन्ने व्यक्तिका नाममा पास गर्न मानेन । जसका कारण सिंहको घरको मूल्य मालपोत कार्यालयमा ८१ लाख कायम गरिएको छ । ८१ लाख सरकारी मूूल्यांंकन हुने उक्त घरजग्गा सरकारी मूल्य भन्दा पनि कममा बिक्री भएको छ । जबकी घरजग्गा लिलामी गर्दा फेयर मूल्यमा गर्नुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन छ ।
बैंकले सिंहको धितो राखेको घर कम मूल्यमा मात्र लिलाम गरेन, बाँकी ६५ लाख २६ हजार रुपैयाँ ऋण समेत तिर्न भनेको छ । यती मात्रै होइन ऋण नतिरेमा उनलाई ऋण असुली न्याधिरकणमा मुद्धा दायर गर्ने र प्रहरी खोरमा जाक्ने समेतको धम्की दिदै आएको छ ।
बैंकले साहु महाजनको शैलिमा घररजग्गा खोस्न लागेपछि सिहं अदालत गएका थिए । काठमाडौं जिल्ला अदालतले उनको घरजग्गा लिलामी प्रक्रिया नै रोकिदिएको छ । केहि समुह आएर उनको घरमा तालचावी मागेपछि मात्रै उनले घर लिलामी भएको सुचना पाएका थिए । फिल्मी शैलीमा गरिएको लिलामीले बैंकिङ कसुुरमा कोको दोषी ठहर हुन्छन् त्यो त भोलिका दिनमा नै देखिन्छ । यस्तो घटना बाहिर आउँदा राष्ट्र बैंक भने चुप बसेको छ ।