neapl investment mega bank
  • गृहपृष्ठ
  • रूसद्वारा सन् २०१९ मा १३ अर्ब डलरको हतियार आपूर्ति : पुटिन

रूसद्वारा सन् २०१९ मा १३ अर्ब डलरको हतियार आपूर्ति : पुटिन

Dec 17th, 2019

मस्को, पुुस १ (रासस/सिन्ह्वा)

रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताउनुभएको छ । उहाँका अनुसार रूसले हतियार आपूर्तिबाट गत बर्षको तुलनामा यस बर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ ।

“‘अस्वस्थ प्रतिस्पर्धा र रूसमाथिको कडा प्रतिबन्ध’ का बाबजुद विश्वमा रूसको हतियार बजार फस्टाएको छ,” पुटिनले विदेशी मुलुकहरूसँगको रूसी सैनिक प्रविधि सहकार्य आयोगसँगको बैठकमा भन्नुभयो ।

यस बर्ष रूसमा सात वटा अन्तर्राष्ट्रिय सैन्य प्रदर्शन गरेको र यसबाट रूसी हतियारको बजार प्रवद्र्धनमा थप टेवा पुगेको उहाँले बताउनुभयो ।

यस बर्ष हतियार बिक्रीका लागि करिब पाँच अर्ब ५९ करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको रूसले जनाएको छ ।

राष्ट्रपति पुटिनले हतियार निर्यात गर्दा रूसले सधैँ सामुहिक सुरक्षा सन्धि संगठन, कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स र अफ्रिकासहितका परम्परागत साझेदार मुलुकहरूलाई प्राथमिकता दिने उल्लेख छ ।