neapl investment mega bank

नेप्से १३ अंकले घट्यो

Dec 16th, 2019

काठमाडौ, मंसिर ३०

नेप्से आज उच्च अंकले घटेको छ । आज सोमबार नेप्से १३ दसमलव ७५ अंकले घटेर ११ सय ५४ दसमलव ११ अंकमा झर्दा सेन्सिटिभ दुुई दसमलव १५ अंकले घटेर दुई सय ५३ दसमलव ५२ अंकमा झरेको छ । आज एक सय ६६ कम्पनीहरुको छ हजार छ सय तीन वटा कारोवारमा १३ लाख ७१ हजार एक सय ३४ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम पनि ४० करोड ७९ लाख पाँच सय ५५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव २३ अंकले घटेर एक हजार ४४ दसमलव ५६ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक १० दसमलव १२ अंकले घटेर १५ सय ७४ दसमलव ४३ अंकमा पुुगेको छ । नेप्सेमा आज जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा हिमालयन पावर पार्टनर लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनएमबी बैंक पहिलो स्थानमा परेको छ ।