आधारभुमि
ललितपुर , ३० मङ्सिर
कृष्ण मन्दिर बाट चङ्गाथली क्लब जाने रोड दिन प्रतिदिन जीर्ण हुँदा पनि स्थानिय सरकार मौन बसेको छ । दैनिक स्कुल बस , भाडाको गाडी गरि हजारौं सवारी चल्ने रोडमा जोखिम पुर्ण यात्रा गर्न परेको स्थानीय उपभोक्ताको गुनासो छ ।
स्थानीय सरकार दिन दिनै ठुलो योजना कसरी हात पार्ने भनने दौड र मोटो कमिसन पाउने लोभमा येस्ता साना मर्मत सम्भारका काम बेवास्ता गरेको स्थानीय एक अधिकारी बताउँछन् । महालक्ष्मी नगर वासि दैनिक जसो जोखिमपुर्ण यात्रा गर्दै आजित भएको राम कृष्ण थापा बताउँछन् ।