काठमाडौं,मंसिर २९
पछिल्लो पाँच वर्षमा बैकिङ कसुर प्रत्येक वर्ष आकासिदै गएको छ । नियमनकारी निकायको फितलो नियमनका कारण बैंकका कर्मचारीको बदमासी बढ्दो छ । जसले पनि बैंकिङ क्षेत्रमा हुने अपराध बढाउँदै लगेको हो ।
आर्थिक वर्ष २०७१/०७२ मा जम्मा ३६ वटा मात्र कुसरका मुद्दा दर्ता भएका थिए । त्यसपछि ०७२/७३ मा कसुरको संख्या ४६ पुग्यो ।
आर्थिक वर्ष २०७३/०७४ मा ९३ वटा बैकिङ कसुरका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर बैंकिङ कसुरका ७ सय ७६ मुद्दा मात्र दर्ता भए ।
अहिले यस्तो बैकिङ कसुर एक वर्षमै चार गुणाले बढेर वर्ष ३ हजार २ सय ६७ पुगेको छ ।
बैंकहरु नाफा केन्द्रित भएका कारण जथाभावी रुपमा लगानी बढाएका छन् । साथै उनिहरुले सुचना प्रविधीमा आवश्यक मात्रामा लगानी गर्न सकेका छैनन् । खर्च बचाउन कमजोर खालका सफ्टवेयर प्रणलीको प्रयोग गर्ने गरेका कारण पनि वित्तिय अपराध बढ्न् बाटो पाएका हुन् ।
गत वर्ष मात्र १० अर्ब ३३ करोड रुपैयाँ वित्तीय क्षेत्रमा हिनामिना भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो दाबी करिब ६ अर्ब ९० करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष ०७१÷७२ मा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको बिगो दाबी बराबरको बैकिङ कसुुर भएको थियो ।
पछिल्लो पाँच वर्षमा करिब १६ अर्ब रुपैयाँ हिनामिना भएको छ । जसमा १६ सय ३७ अभियुक्त प्रक्राउ परेका छन् । यस्तो हिनामिनामा १ सय ५१ महिला र १ हजार ४ सय ८६ जना पुरुष र १८ जना विदेशी संलग्न रहेको देखिन्छ ।
बैंकिङ कसुर बढ्दै जादा नियामक निकायहरुले नियमन बढाउन सकेका छैनन् । नियमन गर्ने थलोमा बस्ने ब्यक्तिहरु नै बैंक भित्र हुने चलखेल लुकाउन लागि परेको देखिन्छ ।
यता सञ्चालहरु पनि बैंकका कर्मचारीलाई नाफा बढाउन नै जोड दिइरहेका छन् । जसले पनि बैंकिङ क्षेत्रमा अपराध बढाउन सहयोग गरेको छ । बैंकका सञ्चालकहरुले लाभांस बढाउन प्रमुख कार्यकारी अधिकृतहरुलाई दवाव दिइरहेका हुन्छन् । जुन दवाव बैंकका तल्लो तहको कर्मचारीसम्म पुग्छ । नाफा बढाउने , ग्राहक बढाउने र ब्याज असुल्ने ध्याउन्नले विभिन्न कमजोरीहरु भइरहेका हुन्छन् । जसमा बैंकको व्यवस्थापनले समयनै दिन पाइरहेको हुँदैन ।
बैंकमा अहिले अयोग्य जनशक्ति भर्ना गर्ने, क्षमताभन्दा ठूलो जिम्मेवारी र लक्ष्य दिन खालको समस्या छ। साथै उनिहरुलाई उचित पारिश्रमीक नदिने श्रम शोषण गर्ने, लक्ष्य पूरा नगरे मानसिक यातना दिनेलगायत कारण कर्मचारीबाट बदमासी बढेको छ ।