neapl investment mega bank neapl investment mega bank

गाउँपालिका कार्यालयमा बम विस्फोट

Dec 14th, 2019

लहान, २८ मङ्सिर (रासस)

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । विगत केही दिनदेखि हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित गाउँपालिका कार्यालयविरुद्ध आन्दोलन हुँदै आएको छ ।