मकुएनी, २७ मङ्सिर (रासस/सिन्ह्वा)
केन्यामा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ६३ जना घाइते भएका छन् ।
दुई वटा यात्रुबहाक बस नैरोबी—मोम्बासा राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् ।
क्षेत्रीय प्रहरी प्रमुख जोसेफ ओले नापेइयानले दिएको जानकारीअनुसार सालामा नजिकै भएको दुर्घटनामा परेका दुवै बस मोड्रन कस्ट यातायात कम्पनीका थिए ।
त्यही कम्पनीको एउटा बस टहमिड यातायात कम्पनीको बससँग एक दिन अगाडि त्यही ठाउँमा जुधेको पनि प्रहरी अधिकारीहरूले बताएका छन् ।
स्थानीय समय अनुसार राति २ बजेतिर दुर्घटना भएको र घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको उहाँले बताउनुभयो ।
केन्यामा सवारी दुर्घटना धेरै हुने गरेको छ भने वार्षिक तीन हजार जनाको सवारी दुर्घटनाकै कारण मृत्यु हुनेगरेको तथ्याङ्क छ ।