neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्योति विकास बैंकद्वारा कपडा बैंकको लागि वासिङ मेसिन प्रदान

ज्योति विकास बैंकद्वारा कपडा बैंकको लागि वासिङ मेसिन प्रदान

Dec 12th, 2019

काठमाडौ, मंसिर २६

ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा हन्डे«ड युुज गुपको संयुक्त तत्त्वावधानमा स्थापना भएको कपडा बैंकलाई बिहिबार एक थान वासिङ मेसिन प्रदान गरेको छ । बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको छ ।

कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी तथा ग्रुुपका कार्यक्रम संयोजक बब्लु गुप्ताको उपस्थिति रहेको थियो । नवजीवन परोपकार समाज तथा ग्रुुपले संयुक्त सहकार्यमा काठमाण्डौ तथा ललितपुरको विभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरी जम्मा भएका पुनः प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरी गरिब जनताहरुको बीचमा पुर्याउने अभियान थालनी गरेको हो । सो कार्यलाई आवश्यक वासिङ मेसिन ज्योति विकास बैंकद्वारा प्रदान गरिएको हो ।

समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। नवजीवन परोपकार समाज तथा ग्रुुपले थालनी गरेको कपडा बैंक कार्यक्रमले पुर्याएको उल्लेखनीय योगदानको सहयोगार्थ बैंकले सो सहयोग प्रदान गरेको छ ।

हाल बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले दुुई लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्ब भन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।