neapl investment mega bank
  • गृहपृष्ठ
  • लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानः दैनिक चार जनाभन्दा बढी पीडित

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानः दैनिक चार जनाभन्दा बढी पीडित

Dec 12th, 2019

काठमाडौ, मंसिर २६

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेकोमा यस्तै हिंसामा दैनिक चार जनाभन्दा बढी पीडित भएको तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्याङ्कसहितको अध्ययन प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरेको हो । जिल्ला प्रतिनिधिहरूबाट प्रेषित भइ आएका समाचारका आधारमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन भएका दिनमा लिङ्गकै आधारमा भएका हिंसासम्बन्धी समाचारलाई विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकमा भएको अभिलेखका आधारमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधिमा बलात्कारका घटनामा नौ जना महिलासहित २७ जना पीडित भएको जनाइएको छ । त्यसैगरी यौन दुुव्र्यवहारका घटनामा चारवर्षीया बालिकासहित १० जना र बलात्कार प्रयासका घटनामा ६ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा बेचबिखन प्रयासका घटनामा तीन जना बालिकासहित पाँच जना, बेचबिखन घटनामा तीन जना बालिका र कथित बोक्सीको आरोपमा दुुई जना महिला पीडित भए भने परिवारकै सदस्यबाट तीन जना महिला र एक जना बालिकाको हत्या भएको उल्लेख छ । ‘अभिलेखित सबै घटनाको अन’सन्धान प्रकृया जारी रहेको छ । १६ दिने अभियान चलिरहँदा अछाममा एक जना महिलाको छाउगोठमा मृत्युु भयो । छोराले आमालाई कुुटपिट गरी घाइते बनाएको लगायतका घरेल’ हिंसाका घटना इन्सेकको अभिलेखमा छ .’–प्रतिवेदनमा उल्लेख छ ।

घरेल’ हिंसाका घटनाको तथ्याङ्कलाई यो प्रतिवेदनमा समावेश नगरिए पनि त्यस्ता घटना पनि इन्सेकको अभिलेखमा राखिएको इन्सेकले जनाएको छ .