neapl investment mega bank
  • गृहपृष्ठ
  • स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

Dec 12th, 2019

चरिकोट, २६ मङ्सिर (रासस)

दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हँुदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन् । घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ