neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश सरकारले पनि खर्च गर्न सकेनन्, संघियतामा गएपनि विकास अघि बढ्न सकेन

प्रदेश सरकारले पनि खर्च गर्न सकेनन्, संघियतामा गएपनि विकास अघि बढ्न सकेन

Dec 12th, 2019

काठमाडौं मंसिर २६

देश विकासमा द्रुतता दिने सोचका साथ संविधानले देशलाई संघियतामा लाने व्यवस्था गरयो । तर परिकल्पना गरिए बमोजिम संघितामा देश विकास भने हुन सकेको छैन । प्रदेश सरकारहरुको
विकास खर्च नै कमजोर देखिएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयहरू र आर्थिक मामिला तथा योजना मन्त्रालयहरूका अनुसार यो वर्षको पहिलो चार महिनामो सात वटै प्रदेशहरूको विकास खर्च औसत ४ प्रतिशत मात्रै भएको छ । अझ प्रदेश २ र कर्णालीको विकास बजेट खर्च १ प्रतिशतभन्दा कम छ।

रकमका आधारमा सबैभन्दा बढी विकास बजेट खर्च गर्नेमा प्रदेश १ परेको छ। उसले विनियोजन गरेको विकास बजेटको ७.३८ प्रतिशत अर्थात् १ अर्ब ७३ करोड ८६ लाख ५८ हजार रुपैयाँ बजेट खर्च गरेको छ। र, विनियोजित बजेटमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी ७.५४ प्रतिशत विकास खर्च गण्डकी प्रदेशले गरेको छ ।

पुँजीगत खर्च सबैभन्दा कम अर्थात् ०.३५ गर्ने कर्णाली प्रदेश हो । २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ बिकास बजेट छुट्टाइएकोमा यो प्रदेशले ७ करोड ४४ लाख १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रुपैयाँ मात्रै खर्च गरेको छ।

प्रदेश १ पछि विकास बजेट बढी खर्च गर्ने प्रदेश गण्डकी हो। उसले १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो। ४ महिनामा १ अर्ब ४९ करोड ६८ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ।

१८ अर्ब ५७ करोड ६४ लाख रुपैयाँ विकास बजेट विनियोजन गरेको प्रदेश ५ को खर्च ५.६० मात्रै छ। जसले ४ महिनामा १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ ।

प्रदेश ३ को विकास बजेट खर्च ३ प्रतिशतभन्दा कम छ । तथ्यांकअनुसार २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ विकास बजेट विनियोजन गरिएको थियो। यसको २.६९ प्रतिशत अर्थात् ६१ करोड ३३ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

त्यसैगरि सुदूरपश्चिम प्रदेशको खर्च साढे ३ प्रतिशतमा सीमित छ । उसले ४ महिनामा ४६ करोड ४ लाख ८० हजार रुपैयाँ मात्रै बजेट खर्च गरेको छ ।