neapl investment mega bank
  • गृहपृष्ठ
  • जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु

जङ्गली हात्तीले कुल्चिँदा बालकको मृत्यु

Dec 10th, 2019

लहान, २४ मङ्सिर (रासस)

जङ्गली हात्तीले कुल्चिँदा आज सिरहाको मिर्चैया नगरपालिका–९ मा एक बालकको मृत्यु भएको छ ।

चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।