काठमाडौँ, २४ मङ्सिर (रासस)
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट लिनुभएको सवारीसाधन फिर्ता गर्नुभएको छ ।
पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँले यस मन्त्रालयबाट लिनुभएको सवारीसाधन समयमै फिर्ता गर्नुभएको पनि मन्त्रालयले जनाएको छ ।