neapl investment mega bank

विभिन्न धनमाल चोरी

Dec 10th, 2019

काठमाडौं, २४ मंसिर

चन्द्रागिरी नगरपालिका १० सतुङगल बस्ने डम्बर बानियाँको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका ३ बसुन्धारा डेरा गरी बस्ने स्याङजा भिरकोट नगरपालिका ४ घर भएका ४९ वर्षीय ईन्द्र बहादुर थापाको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना अन्दाजी २४ तोला समेत गरी करिब १८ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।