neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 10th, 2019

धादिङ, २४ मंसिर

जिल्ला अदालत धादिङको २०५६ मंसरि २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ९ वर्ष ११ महिना ८ दिन कैद ठहर भई फरार रहेका प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका ४ गैरागाउँ बस्ने ४० वर्षीय वेग बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङलाई जिल्ला अदालत धादिङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।